एमसीसीमा व्याख्यात्मक घोषणांसहित अनुमोदन हुनु हाम्रो सफलता हो: अध्यक्ष नेपाल

होमल्याण्ड खबर

२०७८ फाल्गुन १७ गते, मंगलवार १५:०४ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसी सम्झौता व्याख्यात्मक घोषणासहित अनुमोदन हुनु आफूहरूको सफलता रहेको बताएका छन् ।

एमसीसी सम्झौताबारेमा पार्टीको धारणा सार्वजनिक गर्न आज मङ्गलवार काठमाण्डौमा गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताए । अध्यक्ष नेपालले भने, ‘हामीहरूले व्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्न पहल नगरहेको भए एमसीसी जस्ताको तस्तै पारित हुने खतरा थियो । हामीहरूकै पहलका कारण एमसीसी जस्ताको तस्तै पारित नभएको हो ।’

व्याख्यात्मक घोषणा आफ्नो पार्टीले लिएको अडानको सफलता भएको भन्दै उहाँले अब एमसीसीबाट सम्भावित खतरा टरेको पनि बताए ।