१ चैत्र २०८२, आईतवार
सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनमा कुनै समस्या नभएको बताएका छन् । शुक्रबार बिहान सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै एमसीसी पास भएपछि गठबन्धनमा कुनै समस्या नआएको बताएका हुन् । यस्तै, उनले राष्ट्रिय राजनीतिलाई कता लैजाने भन्ने निर्णायक भूमिकामा माओवादी नै रहेको दाबी गरे । उनले देश माओवादीकै एजेण्डामा चलिरहेको बताउँदै राष्ट्रिय राजनीतिमा माओवादीको इशारामा राजनीति चलेको बताए ।
उनले भने, ‘आगामी स्थानीय तहको निर्वाचनसम्म गठबन्धन सुरक्षित हुन्छ ।’ माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीले आयोजना गरेको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न प्रचण्ड सुर्खेत पुगेका हुन् ।

