एमालेसँगकाे पार्टी एकता गलत थिएन : प्रचण्ड

होमल्याण्ड खबर

२०७८ फाल्गुन ३० गते, सोमबार १६:३१ मा प्रकाशित

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेसँग पार्टी एकता गर्नु गलत नभएको बताएका छन् । अध्यक्ष प्रचण्डले सोमबार धनगढीमा आयोजित प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सो अभिब्यकित दिएका हुन् ।

अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी ओलीप्रति संकेत गर्दै पार्टी एकता गरेपछि भिलेन फेला परेको बताए । अध्यक्ष प्रचण्डले भने, ‘‘गठबन्धन गरेर पार्टी एकता गरौँ । पार्टी एकता गर्नु गलत थिएन’, प्रचण्डले भने, ‘तर, भिलेन फेला पर्‍यो । भिलेनसँग लड्दा लड्दै विभाजित हुनुपर्यो ।’ अध्यक्ष प्रचण्डले एमालेसँग पार्टी एकता गरेर नेकपा गठन भएपछि षडयन्त्र भएको आरोप लगाए । उनले भने, ‘पार्टी एकतापछि हामीमाथि षडयन्त्र हुनथाल्यो र माओवादी नेतालाई आरोपित गरियो ।’