एमाले सचिवालय बैठक बस्दै

होमल्याण्ड खबर

२०७८ चैत्र १ गते, मंगलवार १०:२२ मा प्रकाशित

नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा दिउँसो ३ बजे बैठक बस्ने भएको हो । बैठकमा केन्द्रीय कमिटी र पोलिटब्युरो बैठकको मिति र एजेण्डा तय गर्नेबारे छलफल हुने पार्टी उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए । बैठक स्थानीय तह निर्वाचन केन्द्रीत विषयमा छलफल गर्न बोलाउन लागिएको उनले जानाकारी दिए । स्थानीय निर्वाचन आउन दुई महिना बाँकी छ । निर्वाचन अभियान आक्रमक ढंगले सञ्चालन गर्न दुवै तहको बैठकबाट थप निर्णय गरेर अघि बढ्ने उपाध्यक्ष ज्ञवालीले बताए ।