गठबन्धन होला र जितौंला भनेर बस्ने होइन: प्रचण्ड

होमल्याण्ड खबर

२०७८ चैत्र ६ गते, आईतवार १०:२१ मा प्रकाशित

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले स्थानीय चुनावमा गठबन्धनको भर परेर पार्टीका नेता तथा कार्यकर्ता बस्न नहुने बताएका छन्। पोखरामा आज बिहान पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले निर्वाचनमा एक्लै जाने कि गठबन्धन गरेर जाने भन्ने विषय पनि उठ्ने गरेको बताए ।
उनले गठबन्धनमा हुन सक्ने गरी तालमेल गरिने तर प्राथमिकता भने आफ्नै खुट्टामा उभिएर चुनावमा जाने बताए ।

‘गठबन्धन होला र जितौंला भनेर बस्ने होइन, जनतासँग सम्बन्ध राम्रो बनाउँदै आफ्नै खुट्टामा उभिएर चुनाव जित्ने हो’ उनलेभने, ‘गठबन्धन अझै पनि आवश्यकता भने छ । ’ उनले एमसिसीबारे पार्टीभित्र छलफल जारी नै रहेको बताए । वैशाख ३० मै स्थानीय चुनाव हुने उनले बताए।