१ चैत्र २०८२, आईतवार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले प्रधानमन्त्री र अर्थमन्त्रीसँग सिलाइ सामग्री खरिदमा भन्सार छुट दिने कुरा गर्ने आश्वासन दिएका छन् । नेपाल कपडा तथा सिलाइ व्यवसायीको दोस्रो साधारणसभामा मन्त्री आलेले कोभिडका कारण सिलाइ व्यवसाय धरासायी भएकाले उक्त व्यवसाय गर्दा चाहिने सामग्री खरिदमा भन्सार छुटका लागि पहल गर्ने आश्वासन दिएका हुन् ।