चुनावमा नजाने, बहिष्कार पनि नगर्ने विप्लव नेकपाको निर्णय

होमल्याण्ड खबर

२०७८ चैत्र १४ गते, सोमबार ११:५४ मा प्रकाशित

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले स्थानीय चुनावमा सहभागिता नजनाउने निर्णय गरेको छ । कपिलवस्तुमा जारी केन्द्रीय समितिको बैठकले चुनावमा नजाने अनि बहिष्कार पनि नगर्ने निर्णय गरेको हो ।

बैठकमा महासचिव विप्लवले पेस गरेको स्थानीय चुनावलाई उपयोग गर्नुपर्ने प्रतिवेदन पारित गर्दै यो निर्णय गरिएको हो । नेकपाको ६९ सदस्यीय केन्द्रीय समितिमा ४४ जना विप्लवको विपक्षमा देखिएको थिए ।