प्रधानमन्त्री देउवाको भारत भ्रमण : १९ चैतमा मोदीसँग भेट्ने

होमल्याण्ड खबर

२०७८ चैत्र १४ गते, सोमबार १४:०२ मा प्रकाशित

प्रधानमन्त्री शेरबहादुर देउवा १८ चैतमा भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै देउवा भारत भ्रमणमा जान लागेको पुष्टि गरेको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा भारत भ्रमणमा जान लागेका देउवाको २० चैतमा नेपाल फर्किनेछन् ।  उनले भारतीय प्रधानमन्त्री मोदीसँग भने १९ चैतमा भेट्ने कार्यक्रम छ ।