१ चैत्र २०८२, आईतवार
संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश तिलप्रसाद श्रेष्ठको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले श्रेष्ठको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।
समिति सभापति लक्ष्मणलाल कर्णले न्यायपरिषदबाट सर्वोच्चको न्यायधिश पदमा प्रस्तावित श्रेष्ठको नाममा आवश्यक संसदीय सुनुवाई गरि सर्वसम्मतिले अनुमोदन गरिएको जानकारी दिए ।


त्यसअघि संसदीय सुनुवाइका क्रममा न्यायाधीशमा सिफारिस श्रेष्ठले यसअघि आफूले गरेको सुधारका प्रयास र भावी योजनाका बिषयमा समितिमा जानकारी गराएका थिए । उनले न्यायालयलाई भ्रष्टाचारमुक्त बनाउदै जनताको आस्था र विश्वास बढाउने काम गर्ने बताए ।
न्यायपालिकाले जनआस्था हासिल गर्न नसकेको भनदै उहाले मुद्दाको फैसला र कार्यान्वयनमा जोड दिए । न्याय परिषदले श्रेष्ठको नाम सर्वोच्च अदालतको न्यायधिश पदमा सिफरिस गरि संसदीय सुनुवाइका लागि गत फागुन २७ गते समितिमा पठाएको थियो ।