१ चैत्र २०८२, आईतवार
नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले गठबन्धनको औचित्य नसकिएको भन्दै स्थानीय आवश्यकताका आधारमा गठबन्धनभित्रका दलबीच तालमेल गरेर जानू पर्ने बताएका छन् । उनले कहाँ कसरी चुनावी तालमेल गर्ने विषयमा छिटै दलहरु बसेर मोडालिटी तय गर्ने बताएका हुन् । नेपाली नागरिकलाई अधिकार दिलाउने पार्टी कांग्रेस भएको कुरा नबिस्न उनले सबैलाई अपिल गरेका छन् । आज काठमाडौंको बुद्धनगरमा आयोजना भएको स्थानिय नागरिकहरुसँगको भेटघाटका क्रममा उनले सो कुरा व्यक्त गरेका हुन् ।
कांग्रेसको संसदमा उपस्थिति कस्तो थियो कसरी कस्का कारण कांग्रेस नेतृत्वमा सरकार निमार्ण भएको यी सबै कुराको ध्यानमा राख्नुपर्ने उनले बताए । उनलेभने,‘स्थानिय तहको चुनाव नजिको हुदाँ कुन पार्टीले के गरिरहेको छ जनताले लेखाजोखा गर्ने बेला आएको छ ।’


कसले कुन समयमा देश र जनताका लागि काम गर्यो त्यसको सहि मुल्याङकन गर्नुपर्ने भन्दै क्षणिक घटनाक्रमभन्दा बिगतमा गरेका कामकोपनि समिक्षा गरेर आफ्नो मत दिन उनले आग्रह गरे । उनले फरक प्रसंगमा भने, ‘परिवर्तन को नारा दिएर जन्तालाई भ्रम छरेर क्रान्तिकारी कुरा गरेर राजनीतिमा आएको पार्टी विेवकशिल साझाको अहिले कुन अवस्थामा पुगेकाे भन्दै राजनितिमा नारा र भाषणले मात्र चल्दैन् ।’
आज ती पार्टीका नेताको गतिविधी कस्तो छ पार्टी कस्तो छ सबैले देखे सुनेकै होला भन्दै भ्रम छर्नेहरु बिस्तारै जनता माझ नाङिगिदै जाने समेत उनले बताए ।
अब महानगरबासीले जनताले तिरेको कर बैकमा जम्मा गरेर ब्याज खाने खालको मेयर छान्ने कि जनताको कर बाट रहरलाग्दो शहर बनाउने मेयर छान्ने भन्ने फैसला गर्ने बेला आएको हुदाँ गम्भिरताका साथ सोचेर निर्णय लिन उनले काठमाडौ महानगरबासीलाई अपिल समेत गरेका छन् ।