१ चैत्र २०८२, आईतवार
आज बसेको सत्ता गठबन्धनको बैठकले गठबन्धन दलको अवस्थाबारे बुझ्न प्रदेश, जिल्ला र पालिकास्तरीय संयन्त्र बनाउने निर्णय गरेको छ।
बैठकमा प्रदेश, जिल्ला र पालिकास्तरीय संयन्त्र बनाउने र २२ गतेभित्र पाँच दलको अवस्थाबारे केन्द्रलाई प्रतिवेदन पेस गर्ने निर्णय भएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए । प्रवक्ता कार्कीका अनुसार गठबन्धन दलका सम्बन्धित तहका प्रमुख रहने गरी संयन्त्र तयार हुनेछ। संयन्त्रले वस्तुगत आधारमा प्रतिवेदन पेस गरेपछि छलफल गरेर थप निष्कर्षमा पुग्ने उनले जानकारी दिए।


‘जसरी हामी राष्ट्रिय सभामा एक भएर चुनाव लड्यौँ, त्यसैगरी स्थानीय तह निर्वाचनमा पनि एक भएर खडा हुन्छौँ,’ उनले भने, संयन्त्रले वस्तुगत आधारमा काम पूरा गरेर रिपोर्ट गरेपछि छलफल गरेर थप निष्कर्षमा पुग्छौँ।’
उनले समग्र मुलुकको अवस्थाबारे अध्ययनपछि केन्द्रबाट बाँकी निर्णय गरिनेसमेत जानकारी दिएका छन्।