प्रधानमन्त्री देउवा भारत प्रस्थान

होमल्याण्ड खबर

२०७८ चैत्र १८ गते, शुक्रबार १३:२४ मा प्रकाशित

प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भ्रमणका लागि भारतको नयाँदिल्ली प्रस्थान गरेका छन् । प्रधानमन्त्री देउवा चार मन्त्रीसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भर्खरै दिल्ली प्रस्थान गरेका हुन् । प्रधानमन्त्रीलाई विदाई गर्न सभामुख अग्नि सापकोटा, गृहमन्त्री बालकृष्ण खाँण लगायत पनि विमानस्थल पुगेका थिए ।