प्रधानमन्त्री देउवा बनारसमा, आजै स्वदेश फर्कने

होमल्याण्ड खबर

२०७८ चैत्र २० गते, आईतवार ११:०४ मा प्रकाशित

भारत भ्रमणका रहेका प्रधानमन्त्री देउवा आइतबार बिहान बनारस पुगेका हुन्। उनलाई उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले बनारसमा स्वागत गरेका छन् ।

तीन दिने भारत भ्रमणको अन्तिम दिन बनारसका धार्मिक स्थलको अवलोकन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री देउवाले समराजेश्वर पशुपतिनाथ महादेव तथा कालभैरव मन्दिरमा पुगेर पूजाअर्चना गर्नेछन् भने ललिताघाटमा निर्माण गरिने वृद्धाश्रमको शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।

बनारसबाट आज अपराह्न ४ बजे दिल्ली फर्किनेछन् । दिल्लीबाट आजै ४ः१५ बजे काठमाडौं फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

तीन दिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री देउवाको नेतृत्वमा ५० सदस्यीय नेपाली टोली शुक्रबार दिल्ली पुगेको थियो ।