१ चैत्र २०८२, आईतवार
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली दुताबासमा चुच्चे नकसा हटाएर बुच्चे नक्सा राखिएको टिप्पणी गरेका छन् । आइतबार काठमाडौंमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै उनले सो अभिब्यक्ति दिएका हुन् ।
ओलीले भने, ‘नेपाली दूतावासमा बुच्चे नक्सा राखिएको छ । चुच्चे नक्सा हटाइएको छ, यो भन्दा लज्जाजनक कुरा के हुन्छ ?’


प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा दिल्लीस्थित नेपाली दूतावासमा लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको नक्सा हटाइएको आरोप लगाउँदै हटाइ्नुको कारण सोधेका छन् ।
आफूले प्रधानमन्त्री देउवालाई किन भारत भ्रमणमा जान लाग्नुभएको भनी सोध्दा जवाफ नदिएको भन्दै ओलीले भने, ‘यसकै लागि जानुभएको रहेछ ।’
प्रधानमन्त्री फर्किनुभन्दा अगाडि दिल्ली दूतावासमा हाम्रो संविधानले भनेको नक्सा, हाम्रो संसदले संविधान संशोधन गरेर राखेको नक्सा किन राखिएन ?’
सरकारले राष्ट्रियता र भौगोलिक अखण्डताविरुद्ध गतिविधि गर्दा पनि वुद्धिजीवि हात बाँधेर बसेको ओलीले टिप्पणी गरे ।