१ चैत्र २०८२, आईतवार
१ चैत्र २०८२, आईतवार
२०७८ चैत्र २३ गते, बुधबार १३:२० मा प्रकाशित
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाले गरेका पछिल्ला निर्णय सोचेर र सच्याएर गरेको बताएका छन् ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग डा कोइरालाले आफूहरु सहमतिमा पुग्न जतिसुकै विवाद गरे पनि अन्तिममा पार्टीले जे निर्णय गर्छ त्यो आधिकारिक हुने पनि बताए । उनले आवश्यकताका आधारमा मात्रै स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने भन्ने केन्द्रको अन्तिम निर्णय नै आधिकारिक भएको स्पष्ट पार्दै यसअघि भनिएका सबै कुराहरुको अस्तित्व सकिएको पनि संकेत गरे ।


उनले आफूले केन्द्रले गरेका गलत निर्णयको मात्रै विरोध गरेको स्पष्ट पारे । उनले आफूले कहीँ कतै पनि भ्रातृ संगठन समानान्तर बनाउँछु भनेर नभनेकोसमेत स्पष्ट पारे । डा कोइरालाले भने, ‘भ्रातृ संगठन या शुभेच्छुक संस्थामा नियुक्त गर्दा न्यायपूर्ण हुनुपर्छ भनेको हुँ । म भागबन्डाको राजनीति गर्दिन भनेकै छु तर सभापतिजीले न्यायमुलक काम गर्नुपर्छ । समेट्न सक्नुपर्छ ।’उनले अगाडि भने, ‘कसले के भन्नुभयो, कुन पार्टीले के भन्छ म जान्दिन तर कांग्रेसले के निर्णय गर्छ, के भन्छ त्यो हाम्रो आधिकारिक कुरा हो ।’ डा कोइरालाले देश आर्थिक संकटमा नफसोस् भनेर सबैले सोच्ने बेला भएको भन्दै सचेतसमेत गराएका छन् ।
होमल्याण्ड मिडिया दशक पुरानो संचार संस्था हो । रियल स्टेट तथा सहरीकरणका बिषयमा केन्द्रित यस संस्थाले म्यागेजिन,बुकलेट प्रकाशन, अडियो—भिडियो, इभेन्ट...Read More
© 2017-2026 होमल्याण्ड खबर. All Rights Reserved.
Powered By : Bright Vision Technology

