कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

होमल्याण्ड खबर

२०७८ चैत्र ३० गते, बुधबार १०:१९ मा प्रकाशित

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार (आज) बस्ने भएको छ । ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बुधबार दिउँसो २ बजे बैठक बस्ने भएको पार्टी मुख्य सचिव कृष्ण पौडेलले बताए ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुलाई उपस्थित हुन भनिएको नेपाली कांग्रेसका मुख्यसचिव पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बैठकमा स्थानीय तह निर्वाचन, घोषणापत्र र विविध विषयमा छलफल हुने विज्ञप्तिमा जनाइएको छ ।