गृहमन्त्री खाण र विप्लव प्रवक्ता प्रकाण्डबीच सिंहदरबारमा भेटवार्ता

होमल्याण्ड खबर

२०७९ बैशाख २ गते, शुक्रबार १५:४८ मा प्रकाशित

गृहमन्त्री बालकृष्ण खाण र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डबीच शुक्रबार सिंहदरबार भेटवार्ता भएको छ ।

भेटमा नेता प्रकाण्डले आफूहरू निर्वाचनमा सहभागी हुन सकारात्मक रहेको बताएका छन् । भने जवाफमा गृहमन्त्री खाणले कानुन अनुरुप फिर्ता लिन मिल्ने मुद्दा फिर्ता लिने प्रक्रिया सुरु भएको बताए ।