निलम्बनविरुद्ध गभर्नर अधिकारी सर्वोच्चमा, आज रिट दर्ता नहुने

होमल्याण्ड खबर

२०७९ बैशाख ४ गते, आईतवार १५:२१ मा प्रकाशित

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सरकारविरुद्ध सर्वोच्च अदालत गएका छन् ।

गएको चैत २५ गते सरकारले अधिकारीमाथि छानबिन समिति गठन गरेपछि अधिकारी गभर्नर पदबाट निलम्बित छन् । आफूमाथिको छानबिन समिति गठन गैरकानुनी भएको भन्दै अन्तरिम आदेशमार्फत सरकारको निर्णय खारेजीका लागि अधिकारी सर्वोच्च गएका हुन् । अधिकारीको रिट निवेदन तयार गरेर उनका वकिल सर्वोच्च गएका छन् ।

सर्वोच्च स्रोतका अनुसार अधिकारीका तर्फबाट दायर रिट आज दर्ता हुँदैन । भोलि रिट दर्ता भएपछि प्रक्रियाअनुरुप पेसी तोकिनेछ ।