१ चैत्र २०८२, आईतवार
सत्ता गठबन्धन दलहरूबीच बसेको बैठकमा भगबण्डामा सहमति जुटेको छ । मंगलबार दिउँसो ३ बजे बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरूबीच सहमति जुटेको हो । जसअनुसार ६ मध्ये तीन महानगर कांग्रेसले लिने, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले एक–एक महानगर लिने सहमति भएको छ ।
जसअनुसार पोखरा महानगरको मेयर नेकपा एकीकृत समाजवादीले पाएको छ । त्यस्तै, नेकपा माओवादी केन्द्रले भरतपुर महानगर र जनता समाजवादी पार्टीले वीरगञ्ज महानगरमा मेयर पाउने भएको छ ।


कांग्रेसले भने काठमाडौँ, ललितपुर र विराटनगर महानगरमा मेयर पाउने भएको छ । बालुवाटार स्रोतका अनुसार आज साँझसम्म सबै तयार पूरा हुने भएको छ ।