सत्ता गठबन्धनले सातै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने

होमल्याण्ड खबर

२०७९ बैशाख ८ गते, बिहीबार १५:५४ मा प्रकाशित

सत्तासिन दलहरुको गठबन्धनले सात वटै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने भएका छन् । ६ महानगर र ११ उपमहानगरको सिट बाँडफाँड टुंग्गो लगाएपछि विहिवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन दलको निर्वाचन परिचालन तथा अनुगमन संन्यत्रको बैठकले सातै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने निर्णय गरेको हो ।

१८ देखि २२ वैशाखसम्म त्यस्ता चुनावी सभा गर्ने निर्णय गठबन्धनको छ ।