रेणु दाहालले पदबाट राजीनामा दिँदै

होमल्याण्ड खबर

२०७९ बैशाख ९ गते, शुक्रबार १४:४२ मा प्रकाशित

चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले राजीनामा दिने भएकी छन् । उनले मेयर पदबाट राजीनामा दिने भएकी हुन् । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मेयरको उम्मेदवारी दिनका लागि उनले पदबाट राजीनामा दिन लागेकी हुन् ।

निर्वाचन आयोगले पुनः उम्मेदवार बन्न पदबाट राजीनामा दिनु पर्ने प्रावधान राखेसँगै उनले पनि पदबाट राजीनामा दिने भएकी हुन् । उनी सत्ता गठबन्धनका तर्फबाट भरतपुरको मेयरमा पुनः उम्मेदवार बन्न लागेकी हुन् । सत्तारुढ गठबन्धनका तर्फबाट भरतपुरको उपमेयर भने कांग्रेसले पाउने भएको छ ।