१३ मंसिर २०८१, बिहीबार
सरकारले नेपालको आफ्नै भू–उपग्रह स्थापना गर्ने भएको छ । सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममा नेपालको आफ्नै भू–उपग्रह स्थापना गर्ने योजना सार्वजनिक गरिएको हो ।
आज सङ्घीय संसद् भवनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले दुर्गम र विकट क्षेत्रमा भू–उपग्रहमा आधारित इन्टरनेट सेवाको प्रारम्भ गरिने बताउनुभयो । उहाँले डिजिटल साक्षरता विकास गरी महिला, अल्पसङ्ख्यक एवम् पिछडिएको वर्ग, क्षेत्र र समुदायको सूचना प्रविधिमा पहुँच विस्तार गर्ने बताउनुभयो ।
यसैगरी साइबर सुरक्षासम्बन्धी कार्यलाई प्रभावकारी बनाउने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।