क्षयरोग, मलेरिया र नवजात शिशु स्वास्थ्य जस्ता सेवा पुन: सुरु गर्नुपर्छ: युएसएआइडी ज्ञापनपत्र

होमल्याण्ड खबर

२०८१ माघ २७ गते, आईतवार १४:४१ मा प्रकाशित

अमेरिकी सरकारले मलेरिया जस्ता रोगहरू विरुद्धको सहयोग तथा नवजात शिशुको मृत्यु न्युनिकरण र गम्भीर कुपोषणको उपचारलाई पुनस् सुरु गर्नुपर्ने उल्लेख गर्दै एक ज्ञापनपत्र जारी गरेको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना पदभार ग्रहण गरे लगत्तै ९० दिनका लागि अन्तर्राष्ट्रिय सहायता रोक्ने निर्णय गरेका थिए। त्यसको केही दिनपछि राज्य सचिव मार्को रुबियोले ‘जीवनरक्षक’ कार्यक्रमहरूलाई छूट दिने स्पष्ट पार्दै एउटा आदेश जारी गरेका थिए, तर कार्यरत संस्थाहरू भने अन्योलमै छन्।

युएसएआइडीको उक्त ज्ञापनपत्रले के-कस्ता कार्यक्रमहरू पुन सुरु गर्न सकिन्छ भन्ने स्पष्ट पार्न खोजेको छ।

यस ९०-दिने विदेशी सहायतामा रोक लगाइएको अवधिको अर्को ३० दिनभित्र यी जीवनरक्षाका गतिविधिहरू पुन सुरु गरिनु पर्दछ वा जारी रहनु पर्दछ, अन्यथा युएसएआइडी लाभान्वितहरूमा मृत्युदर बढ्न सक्छ, ज्ञापनपत्रमा उल्लेख छ।

यसमा क्षयरोग, मलेरिया, मातृ तथा शिशुको मृत्युदर न्युनिकरणका उपाय, गम्भीर कुपोषण तथा अन्य गम्भीर रोगहरूको रोकथामका कार्यक्रमहरू समेटिएको छ।

साथै, मंकीपक्स, बर्ड फ्लू, इबोला जस्ता महामारीहरूको नियन्त्रण तथा विश्वव्यापी स्वास्थ्य आपूर्ति प्रणालीसँग सम्बन्धित कार्यक्रमहरू पनि पुन सुरु गर्नुपर्ने उल्लेख गरिएको छ।

युएसएआइडीले यसबारे कुनै तत्काल प्रतिक्रिया दिएको छैन।

ज्ञापनपत्र फेब्रुअरी ४ मा जारी गरिएको थियो र फेब्रुअरी ६ मा इमेल मार्फत अनुमोदन भएको बताइएको छ। केही सहायता समूहहरूले शुक्रबार मात्र उक्त ज्ञापनपत्र प्राप्त गरेको बताएका छन्।

तर, दुई स्रोतका अनुसार, वासिङ्टन र विश्वभरि युएसएआइडीको कमजोर अवस्थाका कारण कुन(कुन कार्यक्रमहरू पुनस् सुरु गर्न सकिन्छ र त्यसका लागि आवश्यक बजेट सुनिश्चित छ वा छैन भन्ने अझै स्पष्ट छैन।

वाशिङ्टनस्थित मलेरिया नो मोरु नामक गैर(नाफामुखी संस्थाका सीईओ मार्टिन एडलुन्डका अनुसार यो ज्ञापनपत्र निकै नै महत्त्वपूर्ण कदम हो।
मलेरियाको रोकथाम र उपचारमा अल्पकालीन अवरोधले समेत महामारी र मृत्यु बढाउने जोखिम हुन्छ, उनले थपे,कार्यक्रमहरू पुन सञ्चालन गर्नका लागि आवश्यक अनुमति जारी गर्नुपर्छ, जसले गर्दा मलेरिया नियन्त्रणको लागि घरभित्र स्प्रे गर्ने, झुल वितरण गर्ने, परीक्षण र उपचार सुरु गर्ने काम अघि बढ्न सकोस्।

फेब्रुअरी ६ मा जारी गरिएको अर्को स्पष्टिकरण ज्ञापनपत्रमा, अमेरिकाको पेपफार कार्यक्रममा पनि केही छुट दिइएको उल्लेख छ।

ज्ञापनपत्रको शीर्ष भागमा रातो अक्षरमा लेखिएको छ( आमा(शिशु एचआईभी संक्रमणको रोकथाम, उपचार तथा हेरचाह कार्यक्रम चाँडै पुन स् सुरु गरिनुपर्छ।