कांग्रेस सहमहामन्त्री खुलामा २३९० मत गन्दा कसले कति ल्याए ?

होमल्याण्ड खबर

२०८३ आश्विन २६ गते, सोमबार १६:२१ मा प्रकाशित

 नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलामा रामहरि खतिवडा र अजयबाबु शिवाकोटीको अग्रता कायमै छ ।

२३९० मत गणना गर्दा खतिवडाले एक हजार ७५ मत पाएका छन् भने दोस्रो स्थानका शिवाकोटीले ७७२ मत ल्याएका छन् ।

तेस्रो स्थानका डिल्लीराम सुवेदीले ५८३ मत ल्याएका छन् । चौथो स्थानका देवेन्द्रराज कडेलले ४९९ मत ल्याएका छन् ।

यस्तै विकास कोइरालाले ३९४, राजीव ढुंगानाले ३५३, रमेशप्रसाद धमलाले २८२, अमृतकुमार अर्यालले २५७ र विमलराज क्षेत्रीले ९३ मत पाएका छन् ।

खुलामा नौ जनाबीच प्रतिस्पर्धा भइरहँदा दुई जना निर्वाचित हुनेछन् ।