बूढीगण्डकी बाढीः ३६ जनाको उद्धार

होमल्याण्ड खबर

२०८३ आश्विन २५ गते, आईतवार १५:०२ मा प्रकाशित

बूढीगण्डकी बाढीमा फसेका ३६ जनाको उद्धार भएको छ । नेपाली सेनाले उनीहरुलाई उद्धार गरेको हो ।

सेनाका अनुसार जगत् गाउँबाट ६, न्याक्फेदीबाट नौ तथा यारुबाट एक शिशु तथा एक विदेशी नागरिकसहित नौ जना र पायुबाट १२ जनाको उद्धार गरिएको हो ।