२५ आश्विन २०८३, आईतवार
गोरखाको बुढीगण्डकीमा बाढी आउनुको कारण सुरुमा पहिरोले नदी थुनिएर ड्याम बनेको र त्यसपछि खुल्दा बाढी आएको प्रारम्भिक आकलन गरिएको छ ।
सेनाका अधिकारीहरूले हेलिकप्टरबाट गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर–६ स्थित लोक्पा र चुम्लिङको बिचमा गएको पहिरो निरीक्षण गरेका छन् । निरीक्षणपछि सैनिक अधिकारीहरूले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई यस्तो रिपोर्टिङ गरेका हुन् ।


बुढीगण्डकीमा कसरी बाढी आयो भन्नेबारे अनुसन्धान गर्न ड्रोन सहितको टिम पठाइएको डा. उप्रेतीले बताए । उनले भने, ‘बाढी आउनुको कारणबारे हामि अध्ययन गर्दै छौं, साँझसम्म बाढी आउनु कारणबारे थाहा हुन्छ ।’
जिल्ला प्रहरी कार्यालय गोरखाले चाहिँ सिरिङ्गे हिमालमा हिमपहिरो गएर स्थानीय उइनगुलुङ खोला थुनिएको कारण सोही स्थान भएर बग्ने बुढीगण्डकीमा बाढी आएको दाबी गरेको छ । प्रारम्भिक विवरणहरू अनुसार पनि सिरिङ्गे हिमालमा गएको पहिरोका कारण नदी थुनिएर बाढी गएको देखिएको छ ।
सैनिक जनसम्पर्क तथा सुचना निर्देशनालयका अनुसार आइतबार बिहान साढे ४ बजेतिर पहिरो खसेको हो । नदीले चापकले पहिरोका कारण बनेको बार भत्काउँदै लेदो र गेग्रानसहित आकस्मिक बाढी आएको हो । बाढीका कारण १० जना मानिसहरू सम्पर्कविहीन भएका छन् ।
हालसम्म गोरखाको चुनमुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरुघाट गाउँपालिकामा पर्ने तटिय क्षेत्रमा ६ वटा पुल बाढीले बगाएको छ ।