२६ आश्विन २०८३, सोमबार
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलामा रामहरि खतिवडा र अजयबाबु शिवाकोटीको अग्रता कायमै छ ।
२३९० मत गणना गर्दा खतिवडाले एक हजार ७५ मत पाएका छन् भने दोस्रो स्थानका शिवाकोटीले ७७२ मत ल्याएका छन् ।


तेस्रो स्थानका डिल्लीराम सुवेदीले ५८३ मत ल्याएका छन् । चौथो स्थानका देवेन्द्रराज कडेलले ४९९ मत ल्याएका छन् ।
यस्तै विकास कोइरालाले ३९४, राजीव ढुंगानाले ३५३, रमेशप्रसाद धमलाले २८२, अमृतकुमार अर्यालले २५७ र विमलराज क्षेत्रीले ९३ मत पाएका छन् ।
खुलामा नौ जनाबीच प्रतिस्पर्धा भइरहँदा दुई जना निर्वाचित हुनेछन् ।