सुनको मूल्यमा भारी गिरावट, कतिमा हुदैंछ कारोबार?

होमल्याण्ड खबर

२०८३ मंसिर १० गते, बुधबार ११:१३ मा प्रकाशित

नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । अघिल्लो दिन सामान्य बढेको सुनचाँदीको मूल्य आज भने घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको ६ हजार ५०० रुपैयाँ र चाँदी १०५ रुपैयाँले घटेको हो । महासंघका अनुसार आज सुनको मूल्य तोलाको २ लाख ४१ हजार ४०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुन तोलाको २ लाख ४७ हजार ९०० रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य तोलाको १०५ रुपैयाँले घटेर ३ हजार ४० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको ३ हजार १४५ रुपैयाँ रहेको थियो ।