८ मंसिर २०८१, शनिबार
अहिले आइफोन एक्स तथा ग्यालेक्सी नोट एट जस्ता प्रिमियम स्मार्टफोन चर्चामा छन् । तर जसोतसो इन्टरनेट चलाउन सकिने खालका र विद्यमान स्मार्टफोनको तुलनामा प्रविधिको मामिलामा निकै पछाडि रहेका फिचर फोनका कारण हलचल बढिरहेको छ ।
चीनको सेमिकन्डक्टर कम्पनी स्प्रेडट्रमले केही भारतीय तथा चिनिया फोन निर्माता कम्पनीहरुसँग ती चिपहरुको आपूर्तिको विषयमा कुराकानी गरिरहेको छ जो उसले फोर जी फिचर फोनका लागि बनाएको हो ।
अमेरिकाको क्वालकोमले पनि मुख्यरुपमा भारतीय बजारका लागि फोर जी फिचरफोनसँग सम्बन्धित एक प्लाटर्फम विकास गर्ने विषयमा काम सुरु गरेको छ । यसबाट मोबाइल ह्याण्डसेटमा एउटा यस्तो सेगमेन्ट निर्माण हुने देखिएको छ जसले अहिलेसम्म आधारभूत इन्टरनेटको सुविधा दिन्थ्यो र मौजूदा स्मार्टफोन फिचरका तुलनामा निकै पछि छ ।
अनलाइन मूभी तथा टिकटिङ र्फम बुकमायसोले भारतको रिलायन्स कम्पनीको जियोफोनका लागि एक एप विकास गर्ने काम सुरु गरेको छ । यो फोन यहीँ दशैँमा भारतीय बजारमा आउँदैछ र उल्लेखित नयाँ सेग्मेन्टमा रहनेछ ।
चिप तथा ह्याण्डसेट बनाउने कम्पनीदेखि एप निर्माता र टेलिकम कम्पनीसम्म यो सेगमेन्टमा एकपटक पुनः लगानी गर्न सुरु गरेका छन् । भारतजस्ता देशमा अहिले पनि सम्पूर्ण मोबाइल प्रयोगकर्तामध्ये आधाजसोले फिचर फोन नै प्रयोग गरिरहेका छन् ।
भारतमा जियोफोन आएसँगै फिचर फोनका विषयमा पुनः बहस सुरु भएको छ । यो फोन उपभोक्तालाई निकै सस्तोमा उपलब्ध हुनुका साथै अनावश्यक रुपमा इन्टरनेटमा हुने डाटा खपतबाट पनि जोगाउँदछ । तेश्रो विश्वका धेरै मानिसका लागि अहिलेपनि मोबाइल फोनको अधिक प्रयोग कल गर्नमै हुने गरेको छ । त्यसैले फिचर फोन नै उनीहरुका लागि पर्याप्त हुन्छ । यसले स्मार्टफोनका अत्याधुनिक फिचर र डाटा खपतमा हुने अतिरिक्त खर्चबाट जोगाउँदछ ।