९ मंसिर २०८१, आईतवार
हैन यो कस्तो सिजन चलेको छ।
बाध्य छु मुस्कुराउन! भित्र मन जलेको छ।।
भित्र भित्रै यो मन जलेको छ….
अब के गरौं कसो गरौं !अब के गरौं कसो गरौं ।
बन्द कोठाको साहारा त्यहीँ मोबाइल देख्छु ।।
यो हात र्थरथराउछ किन यति धेरै!
बधाई दिनुपर्ने ठाउँमा पनि श्रद्धाञ्जली लेख्छु ।।।
मुस्कुराएको तस्बिर पनि रोएको देख्छु ।
हे दैव तिमी कसरी आयाै ।
संसार भर आज तिमी मात्र छायौ ।
सबको घर उजाड बनाएर
सोध्दै छु म तिमीलाई!!भन के पायौं ?
भन के पायौं ??
पुछिए कयौं सिउदोहरु पार्यौ वेसहारा।
फुल्न नपाएका कोपिलाको खोसि आहारा।।
बोकेका ती सपनाहरु आफै भित्र मरे।।।
कस्ले दिनु दागबत्ती पोको भित्र डडे..
कस्ले दिनु शुद्ध जल पोको भित्र डडे..
हिजो तेरो मेरो थियोे भोलि कस्को हुन्छ ।
आत्तिए हिजो आज मन एक्लै रुन्छ ।।
आत्तिए हिजो आज मन मेरो एक्लै एक्लै रुन्छ ।।।
थाहा छै छिन भरमै के के हुन्छ हुन्छ।
थाहा छैन छिन भरमै के के हुन्छ हुन्छ ..
दैव तिम्रो रुप कस्तो कसरी तिमी आयौं ।
सारा जगत भर आज तिमी मात्र छायौं।।
कोरोना तिमी दैव बनी किन यसरी आयौं।।।
सबको घर उजाड बनाइ म तिमीलाई सोध्दै छु?
भन के पायौं ? भन के पायौं ??
जाउ अब संसारबाट तिम्रो हिसाब छोडी ।
हामी सबको बिन्ती छ है दुई हात जोडी ।।
तिमी हामी बिचको नाता सदा सदालाई तोडी।।।
जाउ अब संसारबाट तिम्रो हिसाब छोडी ..
हामी सबको बिन्ती छ है दुई हात जोडी..
तिमी हामी बिचको नाता सदा सदालाई तोडी..