९ मंसिर २०८१, आईतवार
तिम्रो तस्बिर आज मैले मृत्यु पछि देखे ।
आशुँ झार्दै तस्बिर मुनि श्रद्धाञ्जली लेखे ।।
नत चिना जान थियोे नत कहिले देखे।।।
आशुँ झार्दै तस्बिर मुनि श्रद्धाञ्जली लेखे ..
कलकलाउदो उमेर थियोे मुहार झलमल ।
तस्बिर तिम्रो देखे पछि परे अलमल।।
दैव तिमीले किन गर्यौ याेवन सँग छल।।
तस्बिर तिम्रो देखे पछि परे अलमल….
आँखा वरिपरि घुम्यो झलझलि त्यो फोटो ।
जीवन किन दियौ दैव यति धेरै छोटोे ।।
आँखा वरिपरि घुम्यो त्यहीँ एउटै फोटो ।।।
जीवन किन दियौ दैव यति धेरै छोटोे ..
पहिलो दिन तिमी भयौं जता तता हाई हाई।
१३औं दिन पुगे पछि सबले टाटा बाई बाई।।
पहिलो दिन तिम्रो तस्बिर जता तता हाई हाई ।।।
१३ औं दिन पुगे पछि सबले टाटा बाई बाई..
जिन्दगी भरलाई टुक्रिएको बाबुआमाको मन ।
संसार नै अध्यारो भो के गर्नु त्यो धन ।।
कसो गरि सम्हाल्ने त्यो टुक्रिएको मन।।।
संसार नै अध्यारो भो के गर्नु त्यो धन ..
सात जन्मलाई खाको कसम बर्ष दिन मै छुट्यो।
ऐना रैछ जीवन भन्नु छिन भरमै फुट्यो ।।
मुटु छिया परि टुट्न सम्म टुट्यो ।।।
ऐना रैछ जीवन भन्नू छिन भरमै फुट्यो ..
मृत्यु पछि हुन्छ भन्छन् आकाश माथि घर ।
मृत्यु तिमी सँग किन भयो यस्तो डर ।।
यो धर्तिको पाउना हामी छैन केही भर ।।।
मृत्यु तिमी सँग लाग्छ सधैं ठूलो डर……