३० फाल्गुन २०८२, शनिबार
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निवर्तमान अध्यक्ष कमल थापामाथि अनुशासनको कारवाही गर्न माग गरिएको छ ।
पार्टीको मूल सैद्धान्तिक आधारस्तम्भ राजसंस्थाविरुद्ध विष वमन गरेको भन्दै थापामाथि अनुशासनको कारवाही गर्न राप्रपाकै नेता तथा कार्यकर्ताले माग गरेका हुन् ।
राजसंस्था र हिन्दु राष्ट्र अनुकूल महाधिवेशनको म्यान्डेट लत्याउने कुचेष्टा गरेको, निर्वाचन संयोजक हरीबहादुर बस्नेतसहित निर्वाचन समितिलाई विवादमा तान्ने दुष्प्रयास गरेको भन्दै थापालाई नसिहत दिनुपर्ने माग राप्रपा नेता विशाल विक्रम शाहले बताए ।


अध्यक्ष राजेन्द्र लिङ्देनलाई भेटेर, फोन गरेर र खुला पत्र लेखेर समेत यस्तो दबाब दिने क्रम बढेको उनको भनाइ छ । देश भित्रबाट मात्र नभएर विदेशमा रहेका पार्टी समर्थक तथा शुभचिन्तकहरु पनि थापामाथि कारवाहीको माग गरेका हुन् ।