भृकुटीमण्डपमा महाधिवेशनको फोहोर हटाउँदै कांग्रेस

होमल्याण्ड खबर

२०७८ मंसिर २९ गते, बुधबार १२:१८ मा प्रकाशित

नेपाली कांग्रेसले १४औँ महाधिवेशन सम्पन्न भएको स्थल भृकुटीमण्डप आसपासको फोहोर उठाउन थालेको छ ।

महाधिवेशनको अवधिमा भएको फोहोर अफैं व्यवस्थापन गर्ने भन्दै कांग्रेसले पर्चा र पम्प्लेटले भरिएको महाधिवेशनस्थल भृकुटीमण्डप बुधबार बडारेको हो ।

कांग्रेस युवा नेता विश्वप्रकाश शर्माको अगुवाइमा सरसफाइ सुरु भएको छ । कांग्रेस महाधिवेशन प्रचारका लागि राखिएका ब्यानर तुल र अन्य सामाग्रीहरु आफैं हटाउने नेता शर्माले वताए ।