तीन कांग्रेस सहमहामन्त्री पदको मतगणना शुरू

होमल्याण्ड खबर

२०७८ पुष १ गते, बिहीबार १७:०३ मा प्रकाशित

 नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशन अन्तर्गत तीन सहमहामन्त्री पदको मतगणना शुरू भएको छ। निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठका अनुसार महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतगणना शुरू भएको हो। दलित क्लस्टरको सहमहामन्त्रीमा शेरबहादुर देउवा प्यानलबाट मानबहादुर विश्वकर्मा र शेखर कोइराला प्यानलबाट जीवन परिवार उम्मेदवार छन। त्यस्तै गंगा सुनारले स्वतन्त्र उम्मेदवारी दिएका छन।

महिला क्लस्टरमा शेरबहादुर देउवा प्यानलबाट महालक्ष्मी उपाध्याय ‘डिना’ र शेखर कोइराला प्यानलबाट कमला पन्त उम्मेदवार छिन। त्यस्तै आदिवासी जनजाति तर्फको सहमहामन्त्रीमा शेरबहादुर देउवा प्यानलबाट भीष्मराज आङ्देम्बे र शेखर कोइराला प्यानलबाट र विकास लामा उम्मेदवार छन।

अरु ५ सहमहामन्त्री पदको मतगणना भने शुक्रबार हुने छ ।