९ मंसिर २०८१, आईतवार
भूमिगत कालमा प्रचण्डलाई काठमाडौंमा आश्रय दिने प्रभात किरण सुवेदी काँग्रेसबाट उम्मेदवार बनेसँगै धादिङको चुनावी परिणाम परिर्वतन हुने विश्लेषण गरिएको छ ।
आफूलाई उद्यमशिल युवाका रुपमा चिनाउन चाहने प्रभात किरण ‐शिव) कुनै एक पार्टी विशेषभन्दा पनि एमाले, माओवदी, राप्रपा तथा नयाँ शक्ति पार्टीका बीच पनि लोकप्रिय मानिन्छन् । धादिङ उद्योग बाणिज्य संधका पूर्वअध्यक्ष सुवेदी खेलकुद क्षेत्रमा पनि स
क्रिय थिए । ओल्म्पीक कमिटिमा रहेर अनुभव सँगालेका सुवेदी धादिङका युवा बीच निक्कै रुचाइएका पात्र हुन् ।
आरोप र निन्दाको राजनीति भन्दा पनि उद्यमशीलता र सृजनशीलतामा जोड दिने सुवेदीको शैली र सक्रियताले यतिबेला धादिङमा प्रशंशा बटुलेको छ । जिल्लाभरि नै सुवेदीको व्याक्तित्व र सक्रियताको चर्चा हुन थालेपछि उनको जीत निश्चत भएको विश्लेषण गरिएको छ ।
त्यसो त उनी धादिङ निर्वाचन क्षेत्र नं १ को प्रदेश सभा ‘ख’ तर्फ माओवादी नेता शालिकराम जमकट्टेलसँग चुनावी प्रतिस्पर्धामा छन् । रोचक कुरा त के छ भने सँगै जनयुद्ध लडेका र आफ्ना परम मित्र माओवादीका जमकट्टेलसँग उनको प्रतिस्पर्धा रहेको छ ।
अझ रोचक कुरा त के हो भने भूमिगतकालमा तत्कालीन विद्रोही पुष्पकमल दाहाल र बाबुराम भट्टराईलाई सुवेदीको गेष्टहाउसमा लैजाने व्याक्ति तिनै शालिकराम हुन् । त्यस्तै शालिकरामलाई माओवादी धारमा लैजाने व्याक्ति चाँही यिनै सुवेदी हुन् । स्कूल जीवनमा सुवेदी जमकट्टेलभन्दा ३ ब्याज सिनियर थिए ।
उतिबेला सँगसँगै युद्ध लडेका यी दुई योद्धाहरु अहिले एक अर्का विरुद्ध अलग अलग दलबाट चुनावी मैदानमा उत्रिएका छन् । सुवेदी स्थानीय चुनावभन्दा केही समय अघि मात्रै नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । मिलनसार स्वभावका सुवेदी उम्मेदवारी दिएको क्षेत्रमा मात्र होइन जिल्लाभरि नै लोकप्रिय मानिन्छन् ।
माओवादीलगायत अन्य दलका कार्यकर्ताहरुको पनि धेरै भोट आउने भएकोले उनको जित्ने सम्भावना धेरै देखिएको छ । सँगैका साथीसँग उम्मेदवारी दिँदा कस्तो अनुभव भइरहको छ भन्ने होमल्याण्ड खबरको प्रश्नमा सुवेदीले आफ्नै दाजुभाइ पनि फरक पार्टीबाट उम्मेदवारी दिन सक्ने बताउदै भने, ‘उम्मेदवारी दिँदैमा मित्रता सकिँदैन नि !’ उनले उद्यमशीलता र सिर्जनशीलताका लागि उमेद्वारी दिएको बताए ।
यता जिल्लामा माओवादीभित्रै पनि गुटबन्दी गरेको आरोप खेपिरहेको जम्कटेललाई एमालेले साथ दिनेमा शंकै शंकाले सताएको बुझिएको छ । आफ्नै टोलका एमाले कार्यकर्ता रामबहादुर पण्डितको माओवादीद्वारा हत्या गरिएको दन्द्धकालिन विषयलाई जनताले तुषको रुपमा लिएकाले पनि यो शंका ब्याप्त भएको हो ।