८ मंसिर २०८१, शनिबार
हिन्दू महिलाहरूको महानपर्व हरितालिकातीजको पहिलो दिनलाई दर खाने दिन भनिन्छ । तीजको दिननिराहार ब्रत बस्ने भएकाले त्यसको आडका लागि अघिल्लो साँझपौष्टिक तत्वभएकाखानेकुरा खाने चलनचलेको बताइन्छ ।
यस्तै एकजनाहिन्दू नारी जेनि शेर्पाले तिजको दिनअनिदो र निर्जलवर्त बस्नु पर्ने भएकोले ताकतआउने खानाखानु पर्ने बताइन । उनले तिज भनेको सबै दिदिबहिनिलाई भेटेर रमाइलो गर्ने दिनपनिभएको बताइन ।
यस्तै वाईसियलका महिला विभाग प्रमुख मञ्जु बलमे तिज भनेको महिलाहरुले चाहेको कुराहरु प्राप्त गर्नको लागि गरेको तपस्या भएको बताएकी छिन् । उनले तीजको दिन कठोर तपस्या गर्नु पर्ने भएको हुनाले तीजको अघिल्लो दिन राम्रा राम्रा परिकारहरु पकाएर खाने चलन रहेको पनि बताए ।
दरमा खिर, ढकने र सेलरोटी खाने गरिन्छ । स्थानअनुसार दरखाने परिकारहरू फरक फरक छन् त्यस्तै आधुनिकता सँगै यसमाखाने परिकारहरूमा पनि फरक आउन थालेको छ ।
खासगरी पहाडी मूलका सनातन हिन्दू धर्मअन्तर्गतका महिलाहरूले लिने गरेको पर्व तीज भएपनि हिजो आज अरु समुदायका महिलाहरू पनिले पनि तिज मनाउन थालेका छन् ।
दरखाने समय र स्थानभने ठाउँ अनुसार फरक–फरक रहेको छ । कतै साँझमाअन्यचीजनखाई दर खाने प्रचलन छ भने कतिपय स्थानमापहिलाखानाखाएर मध्यरातमा दर खाने गरिन्छ ।
परापूर्वकालमा देवीपार्वतीले भगवानशिवलाई स्वामीपाउँभनिनिराहार व्रत बसेको र उनको कामना पूरा भएको विश्वासका साथअविवाहिताले राम्रो पतिपाउन र विवाहिताले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामनागर्दै तीजपर्व मनाउने चलन छ ।