निर्वाचन आयोगविरुद्ध मुद्दा दायर गर्दै जसपा

होमल्याण्ड खबर

२०८१ बैशाख ३० गते, आईतवार १५:४७ मा प्रकाशित

जनता समाजवादी पार्टी नेपालले निर्वाचन आयोग विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने भएको छ ।

उपेन्द्र यादव नेतृत्वको जसपाबाट अलग भएर अशोक राईको नेतृत्व जसपा गठन भएको छ । सो जसपालाई निर्वाचन आयोगले मान्यता पनि दिइसकेको छ ।

त्यो मान्यता कानुन विपरीत रहेको भन्दै जसपा नेपालले सर्वोच्चमा आजै रिट दायर गर्न लागेको पार्टी निकट एक अधिवक्ताले बताए ।