१३ मंसिर २०८१, बिहीबार
कोशी प्रदेशसभाका सांसद निर्मला लिम्बू नवगठित जनता समाजवादी पार्टीमा खुलेकी छन् । प्रदेश निर्वाचन कार्यालय पुगेर निर्मलाले अशोक राईको नेतृतवमा बनेको नयाँ पार्टी जसपाको पक्षमा सनाखत गरेका हुन्।
उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजनसँगै प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई सनाखत गर्न निर्वाचन आयोगले २१ दिनको समय दिएको थियो । यसअघि पटकपटक मन्त्री बनिसकेका उनी समानुपातिक सांसद हुन् ।