२२ फाल्गुन २०८२, शुक्रबार
धर्म भनेको केवल पूजा, प्रार्थना वा कुनै विशेष जात्रा वा अनुष्ठान मात्र होइन। सच्चा धर्म भनेको असल मन,सद्भावना र सेवा भावले गरिने कार्य हो।जब कुनै काम निःस्वार्थ सेवा र श्रद्धाले गरिन्छ,त्यसले आफु मात्र होइन सिंगो समाजमा नै सकारात्मक सन्देश छोड्छ। सतकर्मले गरेको कार्यलाई तोड्न र रोक्न खोज्नु भनेको आफ्नो धर्म र संस्कृतिमा बाधा पुर्याउनु हो।
मानव जीवनमा अथवा सिंगो समाजको चित्त बुझ्ने गरि काम गर्दा धेरै चुनौतीहरू आउँछन्।आलोचना, टीका टिप्पणी र धेरै बाधा अड्चन आउनु स्वभाविक हो तर ती सबै कुराले कुनै व्यक्तिको मनोबल कमजोर पार्ने होइन।बरु झन् बलियो उदाहरण बनेर समाज परिवर्तन गर्ने हो।जस्को एक उदाहरणीय व्यक्ति ूबिजयकृष्ण मुर्ति महाराजूहुनुहुन्छ।जो कठिनाइको बीचमा उभिएर पनि निरन्तर सेवा र धर्मको बाटो नछाडेर लागिरहन सक्नु नै उहाँको महानता हो।जस्लाई समाजको सच्चा साधक मान्न सकिन्छ।


बिजयकृष्ण मुर्ति महाराजूउहाँको सेवा भाव, धर्मप्रतिको समर्पण र समाजप्रतिको योगदानले हामी सबैलाई प्रेरणा दिन्छ। उहाँको कामको प्रशंसा गर्न मनले कहिल्यै हिच्किचाएन।उहाँ वर्षौँदेखि जुन निरन्तरता, धैर्य र श्रद्धाका साथ लागिरहनुभएको छ।यो नै उहाँ भित्रको एक असल आदर्श हो।
गत वर्ष पशुपतिनाथ परिसरमा आयोजित महायज्ञमा सहभागी हुने अवसर मैले पनि पाएकी थिएँ।मैले मेरो जन्मदिनको दिनको अवसरमा सकेको सहयोग गरे र साथसाथै त्यो पुण्य अवसरमा भक्तजन सामु भजन गाउने अवसर पाउँदा आत्मा झन प्रफुल्ल भएको थियो।
यसपालिको कार्यक्रममा पनि गुरु महाराजहरूको गहिरो वाणी, आध्यात्मिक प्रवचन र सुगम भजनले मनलाई निकै मन छोयो। ति वाणीमा केवल शब्द मात्र थिएनन्।ती शब्दहरूमा अनुभव, आस्था र मार्गदर्शन मिसिएको गहिरो भाव झल्काउने मनको कण कणमा पुग्ने वाणी थिए।जुन वाणी र प्रवचनहरु सुन्दा मेरो सोच र अनुभूतिमा गहिरो असर पारेको महसुस भयो।
भगवान पशुपतिनाथको दर्शनपछि हामीलाई पुनः दैनिक जिम्मेवारीमा फर्कनु निकै हतार हुन्छ नै किनकि पशुपतिथको परिसरमा टेक्ने बित्तिकै आफुलाई संसारकै भाग्यमानी महसुस हुन्छ यो हाम्रो भगवान प्रतिको प्रेस,आस्था र विश्वास हो।जस्ले भगवानलाई भित्री आत्मादेखि प्रेम गर्छ नि उस्मा पिडामा पनि मुस्कुरान सक्ने शक्ति हुन्छ।त्यसैले हामी भगवानको दैलो घचघचाइ रहन्छौँ।यो हतारको एकछिनको समय, जब हामी महायज्ञस्थलमा शान्त भई बस्न र मन मस्तिष्कमा ती प्रवचन र वाणी पुर्याउन पाउछौँ त्यो आनन्दको शब्दमा ब्याख्या छैन्। त्यो क्षणमा हामी आफूलाई अलग किसिमको आनन्दमा डुबेको अनुभव गर्न सक्छौं।मन शान्त, आत्मा प्रफुल्ल र सोच एकदम सकारात्मक महसुस हुनु भनेको संसारमै नभएको रोगको उपचार पाउनु हो।जुन किसिमको अनुभव मैले लिन सकेँ।
साँचो धर्म भनेकै सेवा हो, सच्चा कर्म नै पूजा हो। जब हामी बिना कुनै स्वार्थ, श्रद्धा र प्रेमले काम गर्छौं, त्यो कर्मले हामीलाई आध्यात्मिकरूपमा बलियो बनाउँछ। धर्म केवल देखावटी होइन, त्यो जीवनको सार हो ।जुन ूबिजयकृष्ण मुर्ति महाराजूजस्ता व्यक्तित्वहरूबाट हामी सिक्न सक्छौंँ।यो किसिमको शक्ति सबैमा हुदैन र हुन पनि सक्दैन यो हामीले मनन गर्ने कुरा हो।सक्छौं सेवा र सहयोग गरौँ सक्दैनौं सबैको मनमा सेवा भाव छरौँ।यहीँ नै सत्कर्म अनि सबैभन्दा ठूलो धर्म हो।।