९ मंसिर २०८१, आईतवार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालको पर्यटन प्रवर्द्धनको लागि १ सय नयाँ तथा विकास गर्नुपर्ने पर्यटकीय गन्तव्यको सूची त प्रकाशित ग¥यो तर भौतिक निर्माणको विषयमा भने उदास देखिएको छ । सूचीमा समाबेश भएका पर्यटकीय स्थल भने अझै विकास र पर्यटकको पर्खाईमा रहेका छन् । सातै प्रदेशमा रहेका पर्यटकीय गन्तव्यहरू सडकमार्गले जोडिन सकेका छैनन् । यस्ता ठाउँहरू बाह्य पर्यटकको बसाई समय व्यवस्थापन गर्न कठिन अवस्थामा छन् । पहँुचका हिसावले टाढा रहेका छन् । केन्द्र सरकारको उदासिनताका कारण यि गन्तव्यको भौतिक निर्माण प्रदेश सरकारकै काधमा पुगेको छ । गन्तव्यमा पर्यटक पु¥याउन जति सक्दो चाडो भौतिक विकास गर्नुपर्ने देखिन्छ ।
सात प्रदेशमा रहेका नयाँ पर्यटकीय स्थलहरू
तिङ्बुङ पोखरी, गुरु फाल्गुनन्द सर्किट, फिकल–श्रीअन्तु सर्किट, तिनजुरे–मिल्के–जलजले, बालेश्वर गुफा, हलदे पटकेडाँडा टे«ल, ट्याम्के डाँडा, बराह पोखरी, पाँचपोखरी, थोलेदम्बा डाँडा, उदयपुरगढी, शहीद नेत्रलाल पार्क, गौरादह कृषि पर्यटन क्षेत्र, अर्जुनधारा पर्यटकीय क्षेत्र, धनपालगढी पर्यटकीय क्षेत्र, पिन्डेश्वर दन्तकाली पदमार्ग ।
सहलेस दरबार क्षेत्र, नाडी ताल, धनेश्वर महादेव पर्यटन क्षेत्र, जलेश्वर मन्दिर, मरघर सिमसार, पतौरा महादेव क्षेत्र, सिम्रौनगढ, घडीअर्वा पोखरी, छिन्नमस्ता ।
जिरी शैलुङ पदमार्ग, सिन्धुलीगढी, सुनकोसी ¥याफ्टिङ, महाभारत टे«ल, पाँचपोखरी, कल्चेडी–दुप्चेश्वर सर्किट, तामाङ हेरिटेज टे«ल, स्काई टे«ल, रानीझरना क्यानोनिङ, बिस हजारी ताल, सोमेश्वर गढी, पटियानी पर्यटकीय क्षेत्र, मकवानपुर गढी, निलबाराही मन्दिर, दहचोक, नागदह क्षेत्र, गोदावरी फूलचोकी हाइकिङ ।
चुमभ्याली, काउलेपानी, तनहुँ कालिका पार्क, सिद्धगुफा भिमाद, मौजा, सिक्लेश क्षेत्र, नार्फू टे«ल, लोमान्थाङ दरबार र गुफा क्षेत्र, दुर्लुङ क्यानेनिङ, केभीङ र होमस्टे, महाशीला, सतौ–चण्डीकालिका क्षेत्र, आलमदेवी, भकुन्डे भैरवस्थान गाजाको दह, ढोरपाटन आरक्ष क्षेत्र, दाउन्नेदेवी, घोरेपानी, रघुगङ्गा–आइसफ पदमार्ग ।
रामग्राम, बाउन्नकोटी, वनवाटिका, सैनामैना पर्यटकीय क्षेत्र, जगदीशपुर ताल, सागरताल, तालपोखरा रम्भादेवी मन्दिर क्षेत्र, पाणिनी तमोभूमि, रसुङ्गा तपोभूमी, रुरु क्षेत्र, भगवती मन्दिर क्षेत्र, ढोरपाटन–से–फोक्सुन्डो पदमार्ग, जलजला, रक गार्डेन, ओखरकोठ डाँडा, झिमरुक, बगरबाबा धार्मिकस्थल, कम्मर शाह मजार क्षेत्र, ओमकेदारेश्वर धाम स्थल, शिवमन्दिर पर्यटकीयस्थल, जोगी गाउँ ।
कुभिन्डे दह, त्रिपुरासुन्दरी धार्मिक क्षेत्र, डुडुल चैत्य, लिमी उपत्यका, रारा–से फोक्सुन्डो टे«किङ, पाचाल झरना, खलङ्गा दरबार क्षेत्र, कोतगढी–महावु पर्यटकीय, जाजुरा दह पञ्चपुरी, गिद्धेडाँडा पर्यटकीय क्षेत्र, बोतामकोट, चित्री पदमार्ग ।
कोल्टी–बडीमालिका पदमार्ग, गोरखानाथ मन्दिर पैदलमार्ग, बडीकेदार धार्मिक क्षेत्र, सूर्यकोट मस्तादेवी क्षेत्र, मालिकार्जुन, सिद्धनाथ उदयदेव धार्मिकस्थल, अमरगढी–उग्रतारा, रौटेला धार्मिक क्षेत्र, बन्दा ताल क्षेत्र, बर्दगोरिया मन्दिरधाम ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायका अनुसार सरकारले संभावित गन्तव्यको नाम सूची सार्वजनिक गरेको हो । भौतिक निर्माणको कार्य प्रदेश सरकार आफैले बनाउने अधिकार छ । संक्षिप्त प्रतिक्रिया दिदै प्रवक्ता उपाध्यायले बाँकी काम अर्थ मन्त्रालयमार्फत समन्वय गर्ने कार्यविधि भएको बताए ।