१३ आश्विन २०८३, मंगलवार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद टीका संग्रौलाले प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिकामा भएको कूटनीतिक स्वागतलाई लिएर विपक्षी दलका नेताहरूले गरेको टिप्पणीप्रति आपत्ति जनाएकी छन् ।
उनले भनिन्, “मिडियामा सुनिन्छ, विपक्षी दलका नेताहरूले अमेरिकामा प्रधानमन्त्रीज्यूको कूटनीतिक स्वागत र तामझाम भएन भनेर खिसिट्युरी गर्दै हुनुहुन्छ । चार दशकसम्म निरन्तर सत्ता सम्हालेर देशको अन्तर्राष्ट्रिय छवि नै शून्यमा पुर्याउनेहरूले भर्खरै प्रधानमन्त्री सम्हालेको बालेन्द्र शाहको कूटनीतिक मर्यादाको चिन्ता गर्नु अचम्म छ ।”


संग्रौलाले ढिलै भए पनि देशको कूटनीतिक मर्यादा प्रधानमन्त्रीले जोगाउनुपर्ने चेतना आएको बताइन् ।
उनले भनिन्, “ढिलै भए पनि देशको कूटनीतिक मर्यादा देशको प्रधानमन्त्रीले जोगाउनुपर्छ, त्यसका लागि देशको हैसियत उच्च हुनुपर्छ भन्ने चेतना आएछ ।”