१९ आश्विन २०८३, सोमबार
भक्तपुरको सूर्यविनायक नगरपालिका–८ स्थित जगातिमा रहेको एक कवाडी गोदाममा सोमबार भीषण आगलागी भएको छ।
गोदाममा अचानक सल्किएको आगो क्षणभरमै फैलिएको थियो। घटनालगत्तै जुद्ध वारुण यन्त्रका दमकल, स्थानीय बासिन्दा र सुरक्षाकर्मीको टोली घटनास्थल पुगेर आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्।


आगलागीको कारण र त्यसबाट भएको क्षति विवरण आउन बाँकी छ।