गगनलाई समर्थन गर्दै किशोरसिंह राठौरले फिर्ता लिए उम्मेदवारी

होमल्याण्ड खबर

२०८३ आश्विन २१ गते, बुधबार १५:३४ मा प्रकाशित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह राठोरले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

बुधबार पत्रकार सम्मेलन गर्दै राठोरले पार्टी सङ्कटमा रहेका बेला मिलेर अघि बढ्नुपर्ने गगन थापाको प्रस्तावलाई समर्थन गर्दै आफूले उम्मेदवारी फिर्ता लिएको बताएका हुन् ।

उनले पार्टीभित्र एकता आवश्यक रहेको भन्दै थापाले राखेको मिलेर जाने प्रस्तावलाई समर्थन गर्ने निर्णयमा पुगेको बताए।