संघीय संसद्को बैठक तत्काल बोलाउन विपक्षी दलहरूको माग

होमल्याण्ड खबर

२०८३ कार्तिक १७ गते, सोमबार १५:३६ मा प्रकाशित

विपक्षी दलहरूले संघीय संसद्को बैठक तत्काल आह्वान गर्न माग गरेका छन् ।

सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा सोमबार बसेको विपक्षी दलहरूको बैठकले संसद्को बैठक तत्काल आह्वान गर्न सरकारसँग माग गर्ने निर्णय गरेको नेकपाका नेता परमेश हमालले जानकारी दिए ।

बैठकमा नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्दाम्बे, राष्ट्रियसभा संसदीय दलका नेता कमला पन्त र प्रमुख सचेतक बासना थापा सहभागी थिए ।

त्यस्तै, नेकपा एमालेका तर्फबाट संसदीय दलका उपनेता पद्मा अर्याल तथा नेपाली कम्युनिस्ट पार्टीका परमेश हमाल, वर्षमान पुन र युवराज दुलाल बैठकमा सहभागी भएका थिए ।

बैठकमा जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुर र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीको पनि सहभागिता रहेको थियो ।