८ मंसिर २०८१, शनिबार
केशव राज पोखरेल काठमाडौं स्टिल प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत हुन् । पोखरेलले सन् २००१ देखि पञ्चकन्या गु्र्रपबाट आफ्नो कर्पोरेट करिअर सुरु गरेका थिए । उनले काठमाडौं विश्वविद्यलायबाट मेकानिकल इन्जिनियरीङ्ग पुरा गरे । थप अध्ययनका क्रममा अमेरिकामा रहेर टि.एम.टी.रीडवार सम्बन्धी विषयमा अनुसन्धान गरे । स्टिल क्षेत्रमा गहिरो ज्ञान र अनुभब हाँसिल गरेका थोरै नेपालीहरु मध्ये पोखरेल एक हुन् । कम बोल्ने, सालिन स्वभावका पोखरेल जुन सुकै कामलाई पनि सरल र सहज ढंगबाट समाधान खोज्ने प्रयत्न गर्छन् । सरलता उनको बिशेषता हो । आफुले गरेको काम होस् या अरु कसैले गरेको काम जुनसुकै काममा पनि गुणस्तर खोज्ने उनको बानी छ । आफुले सुरुवात गरेको कामको आफैले अन्त्य गर्नु पर्छ भन्ने कुरामा विश्वास राख्छन् । कडा मेहेनतले अगाडी बढे सफलता मिल्ने उनको मान्यता छ ।
हरेक काममा नबीनपन खोज्ने बानीले उनलाई विश्वमा नै स्टिल क्षेत्रमा एक अनुपम अवसर मिल्यो । उनले पहिलो पटक नयाँ कन्सेप्टको मेटेरीयल ह्याण्डलिङ सिस्टमको बिकास गरे । स्टिल इन्ड्रष्टिजमा उनको यो इनोभेसनलाई ऐतिहासिक उपलब्धी मानिएको छ । बदलिँदो परिवेशमा हरेक क्षेत्रले प्रबिधिसँग साझेदारी गर्नै पर्छ । पोखरेल भन्छन् ‘मैले पनि त्यसै गरेँ ।’
स्टिल उद्योगमा पोखरेलले दुई दशक लामो अनुभव हासिल गरेका छन् । कामदार अभावको चर्को समस्या बेहोर्नु परेको उद्योगले पछिल्लो समय प्रविधिमैत्री बन्नु पर्ने भएको छ । प्रविधिमै पौरख गरेका पोखरेलले स्मार्ट मेटेरीयल ह्याण्डलिङ सिस्टम प्रविधिको शुरवात गरे । यसमार्फत स्टिल उद्योगले परम्परागत प्रविधिको तुलनामा दैनिक १ सय ३० जना कामदार बराबरकोे लागत बचत गर्ने पोखरेलको दाबी छ । नेपालमा स्टिल उत्पादनलाई थप गुणस्तरीय र मितव्यायी बनाउन पोखरेलको अनुभब र इनोभेसनले टेवा पुग्ने छ ।स्टिल उद्योगको विषयमा खबरकी पुजा बगालले केशवराज पोखरेलसँग गरेको कुराकानी ः
हाल नेपाली बजारमा स्टिलको डिमाण्ड भन्दा सप्लाई बढी भएको छ । सरकारले विकास निर्माणका लागि ठोस खाका र प्रोजेक्टहरु नल्याउँदा पनि बजारमा दिनानुदिन यसको अवस्था खस्कदो छ । भइरहेको उद्योगहरुको वार्षिक उत्पादन क्षमता भन्दा आधा मात्र बजारमा खपत हुन्छ । पछिल्लो समय स्टिल उद्योगको उत्पादनमा प्रतिशपर्धा बढेर गएको छ यसले गर्दा पनि भविष्यमा उद्योगको अवस्था खस्कदो देखिन्छ । बैंक तथा वित्तिय संस्थामा तरलताको कारणले पनि निर्माणको काम अधि बढ्न सकेको छैन । जति निर्माण भएका छन् ती परियोजनाको भुक्तानी रोकिएको छ । रोकिएको पैसा नपाउँदा बजारमा अन्योलता बढ्नुका साथै निजी क्षेत्रको लगानी सरकारी परियोजनामा फसेको अवस्था छ । यसैले सन्तोषजनक अवस्था छैन् ।
अहिलेको परीवेशमा नयाँ लगानीहरु जति भएको देखिएको छ त्यो नितान्त राट्रिय योजना आयोगको नेपालमा भविश्यमा हुने योजनाका तथ्याङ्कका आधारमा गरीएको जस्तो लाग्छ । नेपालमा योजना आयोगको योजना बमोजिमका आयोजनाहरु संचालनमा आएको खण्डमा अहिले संचालनमा आएका तथा तयारी गर्दै रहेका उद्योगहरु को उत्पादन पूर्ण रुपमा खपत हुने कुरामा कुनै सन्देह रहदैन तर आयोजनाहरु कागज मै सिमित रहने परीपाटी यथावत नै रहने हो भने हाल गरीएका लगानीहरु ब्यर्थ हुने छन् । हामीले सामान्य रुपमा हेर्दा नै स्टिल उद्योग स्थापना गर्न थोरै लगानीले नहुने देखिन्छ । त्यसको लागि लगानी धेरै नै आवश्यक पर्छ । सबै उद्योगको बारेमा भन्नको लागि त्यति सम्भव हुदैन । त्यसको लागि तथ्यांक नै संकलन गर्न पर्ने हुन्छ । सामान्य रुपमा हिसाब गर्दा, बार्षिक एक लाख टन डण्डी उत्पादन गर्ने उद्योगमा २ सय देखि अढाई सय करोडसम्म लगानी गर्नु पर्ने हुन्छ ।
हेर्नोस् ! सबैले राम्रो र स्तरीय नै भन्लान् । तर यो कुरा बुझन प्राविधिक पक्ष पनि जान्नु जरुरी हुन्छ । भोल्युमका आधारमा हेर्ने हो भने हाल सञ्चालनमा रहेका उद्योगहरुले नेपालको सबै परियोजनाको माग धान्न सक्ने अवस्था छ ।
यस्तै, गुणस्तरको हिसाबले हेर्ने हो भने पनि भारतमा रहेका केही ठुला उद्योग बाहेक अन्य उद्योगको गुणस्तरको तुलनामा नेपालमा उत्पादित डण्डी बढी गुणस्तरिय नै छन् ।
नेपाली बजारमा खपत गर्ने ठाँउ छैन जुन कारणले स्वभाविक रुपमा स्टिल उद्योगहरु बिच अस्वस्थ प्रतिशपर्धा बढेर गएको छ । गुणस्तरको हिसाबले नेपालमा तीन किसिमका डण्डीहरु उत्पादन हुन्छन् । पहिलो भनेको प्रिमियम क्वालिटिको डण्डी हो । जुन प्राइम बिलेटबाट रसायन नियन्त्रण गरी बनेको डण्डी हो । भने अन्य डण्डी इन्डक्सन फर्नेसबाट रि–साइक्लिङ प्रविधिबाट तयार पारीने विलेट्सबाट बनेका हुन्छन ।
प्रिमियम क्वालिटिमा डण्डी उत्पादन गर्ने कम्पनी भारतमा पनि थोरै मात्रै छन् । मुख्य गरी स्टिल एथोरिटी अफ इण्डिया, टाटा स्टिल, राष्ट्रिय इस्पात निगम, जिन्दल स्टिल एण्ड पावर लिमिटेड प्राइम विलेट्स उत्पादन गर्ने कम्पनी हरु हुन । टाटा स्टिल ले आफ्नो उत्पादित विलेट्स आफै प्रयोग गर्ने गरेकोले निर्यात गर्दैन । यसर्थ, पनि नेपालमा भारतबाट प्रिमियम क्वालिटिका डण्डी आउनेमा ढुक्क हुन सकिने अवश्था छैन ।
काठमाडौं स्टिलबाट उत्पादित डण्डीमा एक अर्कामा जोड्न सकेटको प्रयोग गर्न मिल्छ । काठमाडौं स्टिलको डण्डी जुन उपभोक्ताले खरिद गर्नुहुन्छ उहाँहरुले डण्डी एक आपसमा खप्टिदा लाग्ने अनावश्यक डण्डीको मात्रा वचत गर्न सक्नु हुन्छ । अन्य प्रबिधिबाट खप्टिएर डण्डी जोडिएको भन्दा हाम्रो स्टिलको ज्वाइनिङ ४०० गुणा बलियो हुने हामी दाबी गछौं । अन्य डण्डीकै खर्चमा काठमाडौं स्टिलबाट उत्पादन भएको डण्डी उपभोक्ताले पाउने प्रविधि हामीले ल्याएका छौं । यसको प्रयोगबाट लागतमा कटौति हुनुका साथै निर्माण गरीने संरचना धेरै नै मजबुत हुने भएकोले उपभोक्ताको पहिलो रोजाई हुने कुरामा विश्वस्त छु ।
काठमाडौ स्टिलको रीडवार टि.एम.टि. १००% प्राइम विलेट्सबाट बन्ने भएकोले यसको भौतिक तथा रासायनिक गुणहरुमा एक रुपता पाइन्छ । प्राइम विलेट्स उत्पादन हुँदा एक ब्याचमा १५० देखि ३०० टन सम्म हुन्छ । उक्त ब्याचमा तयार भएको विलेट्सकोे केमेस्ट्री एउटै किसिमको हुन्छ । यसको कारण डण्डी उत्पादन गर्दा गुणस्तरमा एक रुपता आउँछ ।
यो प्रविधि दक्षिण एसियामा नै पहिलो हो । परम्परागत ओभर ल्यापिङ प्रविधिबाट फलामे डण्डीलाई जोड्दा उक्त स्थानमा ढलान मसला राम्रो सँग सेट नभएको खण्डमा संरचना कमजोर हुन सक्ने संभावना हुन्छ त्यस्तो समस्याको निराकरण गर्न रिड बार टेक्नोलोजी अवलम्वन गरिएको हो । रीडबार प्रविधिमा डण्डीमा काटिएका रीभ्सहरु थ्रेडेड प्रोफाइलका हुन्छन जहाँ डण्डीलाई जोड्नु पर्छ उक्त स्थानमा सकेटको प्रयोगबाट पाइप जोडे जस्तै गरी जोड्न सकिन्छ । यसरी दुई वटा डण्डीलाई जोड्न प्रयोग गरिने सकेट डण्डी भन्दा धेरै मजबुत मेटेरीयलबाट बन्ने भएकोले जोडाइ धेरै बलियो हुन जान्छ । यसरी डण्डीलाई सजिलै जोड्न सकिने भएकोले निर्माण कार्यमा प्रयोग हुने डण्डीका ससाना टुक्रा पनि प्रयोग गर्न मिल्ने भएकोले परम्परागत प्रविधिको प्रयोग गर्दा खेर जाने डण्डीको कुल परिमाणको तुलनामा ८० प्रतिशत सम्मको बचत रीडबार प्रविधिबाट गर्न सकिन्छ ।
स्मार्ट मेटेरीयल ह्याण्डलिङ सिस्टम जसमा कारखानाबाट निस्किएका निर्माण कार्यमा प्रयोग गर्न नमिल्ने डण्डीको प्रयोगबाट कारखानाको उत्पादनलाई प्याकिङ्ग गरी जोखिमपूर्ण कार्यबाट मानविय संशाधनको कटौति गरी उत्पादकत्व बढाउने विश्व कै पहिलो प्रविधि हो । यस प्रविधिको प्रयोगबाट कुनै पनि स्टिल कारखानाले आफ्नो उत्पादन थोरै कामदारको प्रयोगबाट उत्पादन हुनासाथ बजारमा पुर्याउन सक्दछ जुन यो प्रविधिको प्रयोग हुनु भन्दा पहिले सम्भव थिएन ।
स्टिल कारखानाको उत्पादन कार्यमा संलग्न कामदारहरुले अति जोखिमपूर्ण बातावरणमा काम गर्नु पर्ने भएकोले यहाँ कामदारको अभाव सधै ब्यहोर्नु पर्ने हुन्छ । जोखिमपूर्ण काम भएकै कारण कामदारहरुको आउने जाने क्रम चलि नै रहन्छ । हरेक वर्ष ५ देखि ६ हजारको संख्यामा कामदारहरु भारतिय बजारबाट नेपाल आई जोखिम मोलेर कार्य गर्ने गर्दछन । समयमा कामदार नपाउने, चाडबाड तथा खेती लगाउने समयमा कारखानाले कामदार अभावका कारण ठुलो क्षति ब्यहोर्नु पर्दछ । स्मार्ट मेटेरीयल ह्याण्डलिङ प्रविधिको प्रयोगबाट कामदार सँग सम्बन्धित समस्याबाट स्टिल कारखानाले मुक्ति पाउने छन ।
नेपालका स्टिल कारखानाले मात्र बार्षिक ६५ करोड मेटेरियल ह्याण्डलिङमा खर्च गरेको पाइन्छ भने भारतिय बजारमा १६ सय करोड खर्च भैरहेको छ । स्मार्ट मेटेरीयल ह्याण्डलिङ सिस्टमको प्रयोगबाट माथिको खर्चलाई सजिलै बचत गर्न सकिन्छ । एउटा मेसिन जडानमा १ देखि २ करोडसम्म पर्छ । यसमा गरिने लगानी एक वर्ष भित्र नै असुल हुने भएकोले लगानीमा कुनै जोखिम छैन ।
मुख्यतयाः इलेक्ट्रिकल भोल्टेजको उतार चढावका कारण उत्पादनको गुणस्तरमा आउने कमी कमजोरी सबै डण्डी उद्योगले भोग्नु परेको समस्या हो । नेपालमा खास गरी भारतीय ग्रीडबाट आउने विद्युत लाइनमा भोल्टेजको नियन्त्रण नहुने हुदा केही सेकेण्डको अन्तरालमा हुने भोल्टेजको उतार चडाबले डण्डीको गुणस्तरमा प्रत्यक्ष प्रभाव पार्ने गर्दछ जसको समाधान गर्ने प्रविधि आज सम्म कहि कसैले विकास गरेको छैन । लामो समयमा हुने भोल्टेजको उतारचढावलाई अटोमेटिक सिस्टमबाट नियन्त्रण हुन्छ तर छोटो समयमा हुने उतारचढावलाई नियन्त्रण गर्न सकिदैन । जसका कारण उत्पादनको गुणस्तरमा एक रुपता ल्याउन कठिन हुने गर्दछ ।
एनएस चिन्ह् भएको उत्पादन मात्र भनेर गुणस्तरीय छ भन्नु उचित हुदैन । कच्चा पदार्थ भारतबाट आयात गरिने भएकोले कच्चा पदार्थको गुणस्तरमा एक रुपता भए नभएको भन्सार मै चेक जाँच गरी भन्सार पास गर्ने तथा भारतिय बजारका विलेट्स उत्पादकहरुको तथ्याङ्क संकलन गरी गुणस्तरहीन कच्चा पदार्थ निर्यात गर्ने कारखानालाई कालो सुचीमा राखी त्यस्ता कारखानाबाट कच्चा पदार्थ आयात गर्न बन्देज लगाउने जस्ता कार्यहरु सरकारी पक्षबाट भएमा नेपाली बजारमा डण्डीको गुणस्तरमा थप सुधार हुन सक्ने देखिन्छ ।