८ मंसिर २०८१, शनिबार
भूकम्प पिडितले जग हाले पछि भएको मूल्य वृद्धिले जनता मारमा परेका छन् । यहि मौकामा वाइसियल र युथ फोर्सका युवाहरुले रुपन्देहीलगायतका उद्योगमा ताला लगाएका छन् । मूल्य वृद्धिको मारमा आफैं परेको बताउने व्यवसायीहरु नै भन्छन् ‘अब धेरै उद्योगहरु बन्द हुन्छन् ।’ ताला लगाउनेहरु मूल्य घटाउन आग्रह गरिरहेका बेला व्यवसायीहरु भन्छन् ‘सरकारले सुन्नुपर्यो ।’ व्यवसायीहरुको दुःखेसो छ, दोहोरो तेहेरो करको मारमा परेका छन् । सिमेन्ट उद्योगको क्षेत्रमा देखिएको समस्या समाधान गर्न सरकारले पहल गर्नुपर्छ । उनीहरुको निष्कर्ष छ ‘अन्यथा जनताले पनि दुःख पाउँछन्, धेरै उद्योगहरु पनि बन्द हुन्छन् ।’
किन भयो मूल्यवृद्धि ?
हरेक वर्ष हिउँदामा सिमेन्टको मूल्य केही बढ्छ । वर्षात्को समयमा फेरि मूल्य घट्छ । विगत १०र१५ वर्षदेखि कै ट्रेन हो यो । यस वर्ष अलि बढि मूल्य बढेको छ । क्लिङ्कर आयातमा देखिएको समस्या, कोइला, डिजेलमा भएको मूल्यवृद्धि, लोडसेडिङ, ढुवानीमा भएको भाडा वृद्धि लगायत धेरै कारणहरु एकै पटक जोडिन आउँदा यस पटक मूल्यवृद्धि अलि बढी नै भएको देखिन्छ । लोडसेडिङ तथा पावर घटबढ (फ्ल्याक्चुयसन) २ र ३ वर्षअघि दैनिक १५ र १८ घण्टा लोडसेडिङ भयो, उद्योगीहरुले मूल्य पनि ह्वात्तै बढाए । त्यतिबेला लोडसेडिङले गर्दा जेनेरेटर राख्नु पर्यो, डिजेलमा खर्च गर्नु पर्यो, लागत दोब्बर भयो भन्ने तर्क गरिन्थ्यो । सिमेन्ट उत्पादक भन्छन् अहिले पनि उद्योगमा दैनिक ६ घण्टा लोडसेडिङ हुन्छ । विद्युतको गुणस्तर छैन । बिजुली आएको बेलामा पनि पावर घटबढ भइरन्छ । दिनमा ४ र ५ पटक बत्ती जान्छ । यसले गर्दा उद्योगले धेरै नोक्सान बेहोर्नु परेको छ । जब नियमित बिजुली आउँछ, सिमेन्ट उद्योगले गुणस्तरीय बिजुली पाउन थाल्छ । तब मूल्य पनि घट्छ ।
डिजेलको मूल्यले पारेको प्रभाव
डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढ्दा ढुवानी व्यवसायीले प्रतिबोरा सिमेन्टको भाउ ४० रुपैयाँ बढाएका छन् । सिमेन्ट उत्पादक प्रश्न गर्छ ‘यातायात व्यवसायीलाई यो प्रश्न किन गर्नुहुन्न ? सरकारले ढुवानी भाडामा भएको अस्वभाविक वृद्धिलाई किन नियन्त्रण गर्दैन ?’ सबैले बुझ्नु पर्यो कि उद्योगमा लगानी गर्नेले नाफा खोज्छ । नाफा भएन भने उद्योग चल्दैन । नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाको तर्क छ ।
‘सरकारले पनि सिमेन्ट उद्योग चलाएको छ । पछिल्लो समय निजी क्षेत्रका उद्योगले भन्दा सरकारी उद्योगले मूल्य बढी बढाएका छन् । लागत मूल्य बढेकाले नै सरकारी उद्योगले पनि मूल्य बढाएको हुनुपर्छ । सरकारी उद्योगले अधिक नाफा खान मूल्य बढाएको होइन होला ।’
बजारको प्रभाव
३ र ४ वर्षअघि बजारमा रहेको अन्य बस्तुको मूल्य र अहिले ती बस्नुको मूल्य तुलना गर्न सकिन्छ । अरु बस्तुको तुलनामा सिमेन्टको मूल्य वृद्धि कम भएको छ उत्पदकको दावी रहेको छ । थापा भन्छन् ‘बढी छैन ।’गत साउनसम्ममा हेनुभयो भने उद्योगहरुले दुई वर्षको बीचमा १० र २० रुपैयाँ मात्र मूल्य बढाएका थिए । बजारमा पुग्दा ढुवानी भाडा र बिक्रेताको खर्च जोडिन्छ । पछिल्लो समय कोइला, डिजेल, ढुवानीको भाडा वृद्धि, दैनिक ६ घण्टाको लोडसेडिङ, क्लिङकर आयातमा भएको अवरोध लगायत धेरै समस्या एकै पटक आउँदा उत्पादन लागत बढेकोले पहिला भन्दा यसपाली मूल्य अलि बढी नै भएको हो । मूल्य बृद्धि हुनुको कारण उल्लेख गर्दै संघले बाध्यात्मक अवस्था भएको पनि जनाएको छ । उत्पादनको लागत बढनुमा बैंकको व्याज तथा कच्चा पदार्थ र ढुवानी भाडा बढेको जनाएका छन् ।
कति बढ्यो मूल्य
विगतमा हिउँदमा प्रतिबोरा करिव ४० र ४५ रुपैयाँले वृद्धि हुन्थ्यो, वर्षामा प्रतिबोरा ३० र ३५ रुपैयाँले घट्थ्यो । यस पटक कम्पनीहरुले प्रतिबोरा ६० देखि ८० रुपैयाँसम्म बढाएका छन् । यसैबेलामा ढुवानी भाडा पनि बढेको छ । त्यसले उपभोक्ताको नजरमा एकै पटक ठूलो मूल्यवृद्धि देखिएको हो । अहिले पनि उद्योगहरुको कारखाना मूल्य ७५० देखि ८५० सम्म छ भन्ने मैले सुनेको छ । बजारमा पुग्दा ढुवानी भाडा र बिक्रेताको खर्च जोडिन्छ । उसलाई पनि ५ र १० रुपैयाँ नाफा चाहिन्छ । भैरहवाबाट काठमाण्डौंसम्मको ढुवानीको क्रममा मूल्य बढेको हो । प्रति टिप ३ सय ४० बोरा १८ हजारमा ढुवानी गरेका ट्रकले २६ हजारसम्म लिएका कारण मूल्य बढेको थियो । ढुवानीको व्यावस्था सामान्य भएपछि भैरहवाबाट काठमाण्डौंसम्मको ढुवानी प्रति बोरा ८० रुपैयाँबाट ६४ रुपैयाँ पर्न आउने सिमेन्ट उत्पादक संघका महासचिव डा. तारा प्रसाद पोखरेलले बताए । पोखरेलले सर्वसाधारण समक्ष आग्रह गरे ‘बजारको हल्ला भन्दा पनि मूल्य बढ्नुको वास्तविकता कारण बुझ्नु पर्दछ ।’
भारतीय बजारको मूल्य बृद्धिको प्रभाव
पोखरेलका अनुसार, भारतीय बजारको मूल्य बृद्धिको प्रभाव रहेको छ । विशेष गरी भारतीय बजारमा डिजेल लगायत क्लिंकर तथा फ्लाई एसको मूल्यमा भएको बृद्धिले यो अवस्था भएको हो । नेपाल तर्फ पनि चुनढुंगा उद्योगमा उत्पादन लागत बढेको कारण देखाउदै पोखरेलले भने चौतर्फी लागत बढेको छ । पछिल्लो समय बढेको मूल्य गोदामवालाले बढी माग गरेकाले ढुवानी कर्ताको कारण भएको जनाउँदै अहिले अवस्था सामन्य भएको बताए ।
फेरि कसरी घट्यो मूल्य ?
पोखरेलका अनुसार, भैरहवाबाट काठमाण्डौंसम्मको ढुवानीको क्रममा मूल्य बढेको हो । प्रति टिप ३ सय ४० बोरा १८ हजारमा ढुवानी गरेका ट्रकले २६ हजारसम्म लिएका कारण मूल्य बढेको हो । ढुवानीको व्यावस्था सामान्य भएपछि भैरहवाबाट काठमाण्डौंसम्मको ढुवानी प्रति बोरा ८० रुपैयाँबाट ६४ रुपैयाँ पर्न आउने पोखरेलले बताए । पोखरेलले सर्वसाधारण समक्ष आग्रह गरे ‘बजारको हल्ला भन्दा पनि मूल्य बढ्नुको वास्तविकता कारण बुझ्नु पर्दछ ।’
किन वर्षादमा कम हिउँदमा बढी हुन्छ मूल्य ?
जतिबेला बजारमा माग नै हुँदैन, उद्योगको उत्पादन क्षमताको २५ प्रतिशत पनि उपयोग भएको हुँदैन, त्यतिबेला उद्योगहरुले घाटा खाएर पनि सिमेन्ट बेच्नु परेको हुन्छ । फेरी वर्षाको समयमा लोडसेडिङ हुन्दैन । डिजेल खर्चेर जेनेरेटर चलाउनु पनि पर्दैन । त्यसबेलामा लागत पनि कम हुन्छ । त्यसैगरी,प्रायः असार साउनमा मूल्य घट्ने र पुस माघमा बढ्ने गरेको परम्परा रहेको छ । यसमा माग र आपूर्तिको कुरा आउँछ । असारदेखि सिमेन्टको माग घट्छ, मूल्य पनि घट्छ । त्यतिबेला सर्वसाधारणको घर निर्माण पनि कम हुन्छ । विकास निर्माणको काम पनि कम हुन्छ । पुस र माघदेखि निर्माण क्षेत्रमा धेरै काम हुन्छ । सिमेन्टको माग बढ्छ, मूल्य पनि बढ्छ । जतिबेला उद्योगले उत्पादन गरेर भ्याएको हुन्दैन, बजारमा मागको चाप हुन्छ, त्यतिबेला मूल्य बढ्ने हो ।