सर्वोच्च अदालतदेखि बालुवाटारसम्म आज नेपाल बारको मार्चपास

होमल्याण्ड खबर

२०७८ मंसिर ९ गते, बिहीबार १२:२७ मा प्रकाशित

सर्वोच्च अदालतदेखि बालुवाटारसम्म आज नेपाल बार एसोसिएसनले मार्चपास गर्ने भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा बालुवाटारकै कारण लुकेर न्यायालय आउने गरेको भन्दै बारले सर्वोच्चदेखि बालुवाटारसम्म मार्चपास गर्न लागको हो । बारको आजको आन्दोलनमा नेपाल पत्रकार महासंघ लगायत पेसाकर्मीहरुले साथ दिने भएका छन् ।

प्रधानन्यायाधीश जबराको राजीनामा माग सहित आन्दोलनरत बार एशोसिएशनले बुधबार देशभरका १८ वटै उच्च अदालतमा प्रर्दशन समेत गरेको थियो ।