कांग्रेस महाधिवेशनमा पत्रकारमाथि भएकाे दुर्व्यवहारकाे महासंघद्वारा विराेध (विज्ञप्ति सहित)

होमल्याण्ड खबर

२०७८ मंसिर २७ गते, सोमबार १६:०८ मा प्रकाशित

नेपाल पत्रकार महासंघले कांग्रेसको महाधिवेशनमा पत्रकारमाथि भएको दुव्र्यवहारको विरोध जनाएको छ। महासंघले विज्ञप्ति जारी गर्दै प्रेस स्वतन्त्रतामाथि ज्याजदी गरकोे बताएको छ।  ‘तोकिएको भन्दा तीन घण्टा ढिला गरी सुरु भएको मतदानको फोटो खिच्न गएका पत्रकाहरुलाई प्रहरी र निर्वाचन समिति सदस्यहरुले भित्र जान नदिएर दुर्व्यवहार गरेको घटनाप्रति महासंघले आपत्ति  छ,’ विज्ञप्तिमा भनिएको छ ।

महासंघले भनेको छ, ‘कांग्रेस जस्तो जिम्मेवार पार्टीले समाचार संकलनमा सहज बनाइदिनु पर्नेमा यस किसिमको व्यवाहार र व्यवधान हुनु आफैमा निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको ज्यादति हो ।