प्रकाशमान सिंहको समर्थन देउवालाई

होमल्याण्ड खबर

२०७८ मंसिर २८ गते, मंगलवार ११:५६ मा प्रकाशित

नेपाली कांग्रेसको सभापति चयनका लागि पुनः मतदान हुने भएको छ ।

निर्वाचनमा २२५८ मत ल्याएका देउवा र १७४९ मत पाएका शेखर कोइरालाबीच प्रतिस्पर्धा हुनेछ । यो अवस्थामा देउवालाई सिंह वा निधिमध्ये एकको समर्थन भए पुग्छ । प्रकाशमान सिंह यस्तोमा नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणमा मतदान हुने भएपछि देउवालाई सिहको समर्थन जुटेको हो ।

आइतबार बिहान सकिएको मतगणनामा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले अरुले भन्दा बढी मत पाउनुभएको छ । तर बुहमत पु¥याउन नसक्दा दोस्रो चरणमा मतदान गर्नु परेको हो ।दोस्रो चरणमा हुने मतदान आजै गर्ने तयारी निर्वाचन समितिले गरेको छ ।
कांग्रेसको विधान अनुसार सभापतिमा निर्वाचित हुन बहुमत अर्थात ५१ प्रतिशत मत ल्याउनुपर्छ । आइतबार भएको मतदानमा ४६७९ मत खसेको थियो ।

दोस्रो चरणमा सबैभन्दा धेरै मत ल्याउने देउवा र दोस्रो हुने डाक्टर शेखर कोइराबीच प्रतिस्पर्धा हुने छ । कोइरालाले १७४९ मत ल्याउनुभएको छ । तेस्रो भएका प्रकाशमान सिंह श्रेष्ठ, चौथो भएका विमलेन्द्र निधि र पाँचौ स्थानका कल्याण गुरुङ भने प्रतिस्पर्धाबाट बाहिरिनुभएको छ ।