माघ १७ गतेका लागि बोलाइयो राष्ट्रियसभा बैठक

होमल्याण्ड खबर

२०७८ माघ १३ गते, बिहीबार १५:४४ मा प्रकाशित

राष्ट्रियसभाको बैठक यही माघ १७ गते बस्ने भएको छ । संघीय संसदका महासचिव भरतराज गौतमले विहीबार सूचना जारी गर्दै माघ १७ गते सोमबार दिउँसो १ बजे राष्ट्रिय सभाको बैठक बस्ने जनाएका हुन् ।

राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (१)बमोजिम बैठक बोलाएको जनाएको छ ।